Saturday, May 17, 2014

म...

हावाको वेगलाई पछ्याउँदै हिड्ने एक यात्री हुँ म
सपनाको शहरलाई विपनामा ल्याउन चाहने एक कर्ता हुँ म
अविरल बगिरहने नदी हुँ म
कहिल्यै पछाडि नहेर्ने समय हुँ म

अल्छीपनाले भरिपूर्ण जिउँदो लाश हुँ म
कसैको जिन्दगीको आँखामा अड्किएको कसिङ्गर हुँ म
दलदलमा भासिएको वेसहारा हुँ म
टुक्रिएको मुटुको मर्म हुँ म

अन्धकार मनपराउने तारा हुँ म
कहिल्यै नछुटिने साथ हुँ म
सत्य र परिपक्वता झल्काउने प्रेम हुँ म
आक्रोशतामा बलिरहेको आगो हुँ म

छलकपट र स्वार्थ भावना हुँ म
राम्रा, नराम्रा गुणका मिलन हुँ म
अगाडी बढ्दै गइरहेको पाइला हुँ म
अरूको मुस्कान र सहाराको हात हुँ म

चलिरहेको छु, गुडिरहेको छु, उडिरहेको छु
अपरिचीत यात्रीझैॅ अगि बढिरहेको छु
साथ पाए, साथ गुमाए, खुशी पाए खुशी गुमाए
रमाइला तीता मीठा पलहरूसंगै यो दुनियामा प्रवेश पाए।।

No comments:

Post a Comment

pratik.ghimire01@gmail.com