कसलाई सुनाउ कथा?
कसलाई पोखुम यी व्यथा?
क्रोधित यी आँखाहरू लुकाउ कसरी?
पीडित यो मन फकाउ कसरी?
क्रोधित यी आँखाहरू लुकाउ कसरी?
पीडित यो मन फकाउ कसरी?
चन्द्रमाको प्रकाशले शीतलता दिएझैँ
सूर्यको राँपसँग डराउने तिम्रो मन
बेवकुफ रहेछु बुझ्न सकिन
दोषी आफै रहेछु , थाहा पाउन सकिन।
सूर्यको राँपसँग डराउने तिम्रो मन
बेवकुफ रहेछु बुझ्न सकिन
दोषी आफै रहेछु , थाहा पाउन सकिन।
मुर्दालाई पुरेझैँ भावनाहरू पुर्ने मेरो प्रयास
आँखाबाट खसेका आँसुसँगै असफल हुन्छन
रक्सीको बेहोशीपनामा भुलाउन खोज्ने ती यादहरू
भित्री मनको कुनामा लुकेका हुन्छन
आँखाबाट खसेका आँसुसँगै असफल हुन्छन
रक्सीको बेहोशीपनामा भुलाउन खोज्ने ती यादहरू
भित्री मनको कुनामा लुकेका हुन्छन
टोलाएका यी नयनहरू गगनमा तिम्रै मुहार खोज्छन
तिमीलाई गुमाएकोमा मनका आकाङ्छ्याले सराप्छन
सहनशीलताको अभावले कुहिरहेको छु
बिछोडले जिन्दगी अपूर्ण बनाएको छ
तिमीलाई गुमाएकोमा मनका आकाङ्छ्याले सराप्छन
सहनशीलताको अभावले कुहिरहेको छु
बिछोडले जिन्दगी अपूर्ण बनाएको छ
अतृप्त मनलाई अनेक सोचले सताइरहेका छन
बाटो देख्छु, गन्तव्य खोज्दैछु
समयसँगै शान्त हुने मर्म बल्झिन नपरोस
जीवनको यो खेललाई आफ्नो गल्ती
बाटो देख्छु, गन्तव्य खोज्दैछु
समयसँगै शान्त हुने मर्म बल्झिन नपरोस
जीवनको यो खेललाई आफ्नो गल्ती
No comments:
Post a Comment
pratik.ghimire01@gmail.com