Wednesday, April 9, 2014

म के चाहन्छु?

चुनौति र परिश्रममा पसिना खर्चन चाहन्छु
आक्रोशतालाइ स्थिर गतिमा सम्हाल्न चाहन्छु

आँसुलाई धर्तीमा खस्न नदिइ हातमा समाइ जीवित तुल्याउन चाहन्छु
यो जीवनलाई सहदैँ खुशीको सिँहाशनमा आसनग़हन गर्न चाहन्छु

समयको जञ्जालमा अल्झिन चाहन्छु
माथि हेरेर फेरि अघि बढ्न चाहन्छु

स्वतन्त्र भइ आफ्नै पाइलामा उभिन चाहन्छु
समयको धरातलमा आफ्नो नाम कोर्न चाहन्छु

जन्मिए यो दुनियामा आफ्नो अस्तित्व चिनाउन चाहन्छु
जिउँदो लाश नभइ गन्तव्यमा पुगी मृत्यु निमत्याउन चाहन्छु।।

No comments:

Post a Comment

pratik.ghimire01@gmail.com